Skip to content

एनआईसी एशिया बैंकमा भ्याकेन्सी खुलाइयो, रिजल्ट प्रकाशित गरिएन

काठमाडौँ । एनआईसी एशिया बैंकले साउनमा प्रकाशित गरेको रिक्त पद (भ्याकेन्सी) को नतिजा असोजसम्म पनि सार्वजनिक नगरेको पाइएको छ । बैंकले हाल नेपाल राष्ट्र बैंकको सम्भावित कारबाहीबाट जोगिनेतर्फ ध्यान केन्द्रित गरेकाले भ्याकेन्सीको नतिजा प्रकाशन ढिलो भएको बताइएको छ ।

बैंकले कर चुक्ता लगायतका आवश्यक कागजात नपुगेका कम्पनीहरूलाई समेत मनपरी रूपमा ऋण वितरण गरेको तथ्य पनि सार्वजनिक भएको छ । ऋण वृद्धि देखाउने उद्देश्यले कागजात अपूर्ण भएका कम्पनीहरूलाई समेत कर्जा प्रवाह गरिएको र अहिले तीमध्ये धेरै ऋण बिग्रिएपछि बैंक व्यवस्थापन संकटमा परेको बताइएको छ ।

यससँगै, बैंकबाट कागजात नै नपुगी ‘पावर’ का आधारमा ऋण लिने केही ऋणीहरूको विवरण सार्वजनिक रूपमा लीक भएको छ । यस घटनाले बैंक भित्रको प्रशासनिक लापरवाही र अनियमितताको गम्भीर रूप उजागर भएको विशेषज्ञहरूको टिप्पणी छ ।

arrow प्रतिक्रिया दिनुहोस्