काठमाडौँ । एनआईसी एशिया बैंकले यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीलाई अझै पनि कम्पनी सचिवमै राखेको खुलासा भएको छ । बैंकले उनकै नाममा सीइओ नियुक्तिको पत्र नेप्सेलाई लेखेपछि यस्तो खुलासा भएको हो ।
आफ्नै कर्मचारीमाथि यौन दुर्व्यहार गरेको आरोप लागेका कार्कीले नेप्सेलाई पत्र लेखेर सुजित शाक्य ३० दिन भित्र बैंकको सीइओमा कार्यभार सम्हालिसक्नेगरी बैंक प्रवेश गर्ने बताएका छन् । पत्रमा हुकुमी शैलीमा त्यसपछि आवश्यक जानकारी नेप्सेलाई दिईने भनिएको छ ।
यौन दुर्व्यहार प्रकरणमा बैंकको नाम हदैसम्म दुरुपयोग गरेका कार्कीलाई बैंकका हाकिमहरुले निकाल्न सकेका थिएनन् । कार्कीले आफुलाई निकाले सबैको पोल खोलिदिन्छु भनेपछि हाकिमहरुले उनलाई निकाल्न नसकेको बैंकका कर्मचारीहरुको दाबी छ ।
शाक्यले आफुलाई निकाल्न सक्ने सूचनाका आधारमा कार्कीले शाक्यका विभिन्न काण्डहरुबारे पनि अध्ययन गरिरहेको कार्की निकटहरु बताउँछन् ।
यौन दुर्व्यहार प्रकरणमा कार्की एक दिन जेल पसिसकेका व्यक्ति हुन् । उनलाई छुटाउन बैंकका एसीइओ रंजन खड्का प्रहरीकहाँ पुगेका थिए । खड्काकै अनुरोधमा पिडित युवतीको लिईसकेको अन्तर्वार्ता पनि एक मिडियाले पछि नबजाएको चर्चा एनआईसी एशियाभरी छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्