काठमाडौं । एनआईसी एशिया बैंकले जनताको पैसाको दुरुपयोग गर्दै आफ्नो भजन गाउने केही मिडियाहरुलाई प्रभावमा पार्दै, नेपाल राष्ट्र बैंकका केही कर्मचारीलाई समेत चलाखीपूर्वक समेटेर मनपरी गर्न थालेको खुलासा भएको छ। बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ले आफ्नै छोराको कम्पनी एडभान्स मोटर्स/एडभान्स अटोमोबाइल्स प्रालि मार्फत करोडौं रुपैयाँ बराबरको गाडी खरिद गरेपछि बैंकभित्रको अनुशासनहीनता र संस्थागत भ्रष्टाचार उजागर भएको हो।
अध्यक्ष अग्रवालका छोरा निकुञ्ज अग्रवाल सञ्चालक रहेको कम्पनी एडभान्स अटोमोबाइल्स प्रालि, नेपालको लागि रिनल्ट गाडीको आधिकारिक विक्रेता हो। एनआईसी एसियाले उक्त कम्पनीबाट करोडौं रुपैयाँ बराबरको गाडी खरिद गर्दा संस्थागत सुशासन सम्बन्धि निर्देशिका उल्लंघन गरेको पाइएको छ। अचम्मको कुरा के छ भने, कानुनले निर्धारित गरेको २० प्रतिशत नाफा भन्दा बढी लिएर कम्पनीले बैंकलाई गाडी बेचेको प्रमाण समेत प्राप्त भएको छ।
रिनल्ट ब्राण्डका गाडीहरु नेपाली बजारमा २२ लाख २४ हजार ५३३ देखि ५३ लाख ९२ हजार ६७० रुपैयाँ सम्म पर्ने भए पनि, अध्यक्ष अग्रवालको दबाबमा बैंकले बजार मूल्यभन्दा धेरै महँगो मूल्यमा ती गाडीहरु खरिद गरेको देखिन्छ। यो गाडी खरिद प्रकरणको विरोध बैंकभित्र र बाहिर दुवै स्थानमा उठ्यो। केही सेयरधनी र सञ्चालकले विरोध जनाएपछि बैंकले दोस्रो लटमा गाडी खरिद गर्दा अर्को कम्पनीमार्फत खरिद गरेको थियो।
यस विषयमा जानकारी लिन बैंक सम्पर्क गर्दा अर्जुन खनियाँ लाई जिम्मेवार बताइयो। तर, पटक–पटक सम्पर्कको प्रयास गर्दा पनि उनले प्रतिक्रिया दिएनन्। प्रोक्रुमेन्ट विभागका कर्मचारीका अनुसार, यस्तो निर्णय अर्जुन खनियाँ, अध्यक्ष अग्रवाल र तत्कालीन सीइओको सल्लाहअनुसार गरिएको हो। यस प्रकरणले एनआईसी एसिया बैंकमा सुरु देखि नै संस्थागत सुशासन, पारदर्शिता र नियमको उल्लंघन भइरहेको विषयमा गम्भीर प्रश्न उठाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्