काठमाडौं । नेपाल राष्ट्र बैंकले संवेदनशील कागजात र विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन सबैलाई सुझाव दिएको छ । माछापुच्छ्रे बैंककी ब्राण्ड विभागकी कर्मचारी सुनिता शर्माले क्लाइण्टका गोप्य विवरणहरु चुहाएको खबर सार्वजनिक भएपछि सो विषयलाई पनि सम्बोधन गर्दै राष्ट्र बैंकले गोप्य विवरणका विषयमा सजग हुन भन्दै सचेतना सन्देश जारी गरेको छ ।
केन्द्रीय बैंकले राहदानी, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, अन्य कुनै परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्ड (एटीएम कार्ड)जस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवं विवरण जोकोहीलाई तस्बिर खिचेर पठाउने, सामाजिक सञ्जालमा अपलोड गर्ने, ई-मेल गर्ने तथा त्यस्ता कागजातको फोटोकपी दिनेजस्ता कार्यले संवेदनशील तथा व्यक्तिगत सूचना साइबर अपराध र वित्तीय ठगी गर्ने गिरोहसम्म पुग्न सक्ने राष्ट्र बैंकले चेतावनी दिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्