Skip to content
nabil bank inside

माछापुच्छ्रे बैंकमा ‘प्रमोसन काण्ड’ !, सञ्चालक रिसाउनु र अध्यक्ष लिएर सीइओ इजिप्ट जानु संयोग वा चाकडी ?

nmb bank inside

काठमाडौँ । केहि समय अगाडी मात्र माछापुच्छ्रे बैंकका सयौं कर्मचारीको प्रमोसन आयो । सीइओ सन्तोष कोइरालाले कर्मचारीको प्रमोसन त गरे, तर आफुलाई नसोधी वा सल्लाह नै नगरी काम गरेको भन्दै केहि संचालक रिसाए । संचालकले यस विषयमा अध्यक्षसहित अन्य संचालकलाई पनि सीइओले सल्लाह नगरी काम गरेको भन्दै आक्रोश पोखे ।

त्यसको केहि दिन लगत्तै सीइओ इजिप्ट घुम्न गए । त्यो पनि बैंकका अध्यक्ष र अर्का एक संचालक विश्व प्रकाश गौतमसँग । त्यसपछि बैंकका अन्य संचालक रिसाएका अध्यक्ष फकाउन सीइओ नै अध्यक्षलाई लिएर घुम्न गएको भन्दै थप आक्रोशित भए । अहिले यो प्रकरणले माछापुच्छ्रे बैंकको संचालक समिति तातेको छ ।

बैंकका एक संचालकले अर्थखबरलाई दिएको जानकारी अनुसार इजिप्टमा कोइरालाकी छोरी अध्ययन गरिरहेकी छिन् भने इजिप्टस्थित नेपाली राजदुत कोइरालाका मामाका छोरा हुन् । रिसाएका संचालक फकाउन उनी त्यहि मेसो मिलाएर अहिले इजिप्ट घुमिरहेका छन् । बैंकको इजिप्टसँग कुनै पनि साइनो नभए पनि बैंककै खर्चमा उनीहरु कागजी कार्यक्रम मिलाएर घुमघाम गर्न गएको बैंककै संचालकको आरोप छ ।

तर, यो कुरा बाहिरिएला भनेर उनले सामाजिक संजालमा सो घुमघामको तस्विर राखेका छैनन् । इजिप्ट घुमघामकै क्रममा रिसाएका संचालक र अध्यक्ष पनि सीइओकै पक्षमा बोल्न थालेको बैंकका ती संचालकले दाबी गरेका छन् ।

बैंकका सूचना अधिकारी सुनिल खतिवडाले सीइओ बैदेशिक भ्रमणमा भएको स्विकार गरे । यद्यपी अन्य विषयमा भने कुराकानी गर्न उनले मानेनन् ।

बैंकका अन्य संचालकले भने यसलाई चरम चाकडी भनेका छन् । ‘संचालक समितिमा प्रमोसन किन नसोधी फाइनल गरेको भनेर कुरा उठेको थियो । केहि समय त भनाभनजस्तै पनि भएको थियो । त्यसपछि सीइओ सर, र अध्यक्षको दोस्ती मिलिसकेछ । इजिप्ट घुमघामको चाँजोपाँजो मिलेपछि सब कुरा मिलिसकेछ ।’ ती संचालकले भने ।

ती संचालकले मिडियामा आएका सुनिता शर्माको विषय पनि बोर्डमा उठेको तर सीइओले प्रतिवाद गरेको दाबी गरे । ‘सुनिता शर्माकै कारण मिडियाका साथीहरुलाई अन्याय भएको, मिडियाका डकुमेन्टहरु बैंकबाटै दुरुपयोग भएको, लगायतका विषयमा भएको के हो भनेर छलफल चलेको थियो । सीइओले सुनिताजीको पक्ष लिनुभयो । कागज दुरुपयोगजस्तो गम्भीर विषयलाई उहाँले निकै नर्मलाइज गर्नुभयो । त्यसपछि अरु केहि साथीहरु थप रिसाए ।’ ती संचालकले भने ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्