Skip to content
nabil bank inside

प्रभु बैंकबाट पैसा निकाल्नेहरु बढे, ऋण र रिकभरी दुबैको काम ठप्प !

nmb bank inside

काठमाडौँ । सीइओसहित उच्च पदस्तहरु पक्राउ परेपछि प्रभु बैंकबाट पैसा निकाल्नेहरु ह्वात्तै अब्धेका छन् । बैंकले सबै ठिक छ भन्ने ब्रिफिङ गरे पनि विभिन्न कर्पोरेट हाउसहरुले नै अन्य बैंकमा पैसा ट्रान्सफर गरिरहेको पाइएको छ ।

व्यक्तिगत तर्फ सुदूरपश्चिम प्रदेशका शाखाहरुबाट पैसा बढी निकालिएको पाइएको छ । सबैभन्दा कम असर भने काठमाडौँमा परेको पाइएको छ ।

सूदूरपश्चिम प्रदेशका बैंक मेनेजरहरुका अनुसार बैंकबाट पैसा निकाल्ने क्रम आइतबार अबेर हुँदै गर्दा बढेको थियो । अनलाइनबाट हुने ट्रान्सफरको रकम एकाएक बढेको छ ।

राष्ट्र बैंकले यस विषयमा विशेष अनुगमन गर्न र सोबारे रिपोर्टिंङ गर्न निर्देशन दिईसकेको छ ।

यता, बैंकको ऋण र रिकभरीको काम भने ठप्प भएको छ । विवादाष्पद बैंककरको रुपमा छवि बनाएका निरज लम्साल नै सीइओ भएपछि उनी आफैं जेल जाने डरमा छन् । उनी अहिले आफु कार्यवाहक मात्र भएको भन्दै कुनै फाइलमा पनि सहि नगर्ने अडान लिएर बसेका छन् ।

अझ दुई हप्ता बैंकमा रिकभरी र नयाँ लोनको काम नहुने बैंकका सिनियर कर्मचारीहरुले बताएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्