काठमाडौँ। बिहिबार सार्वजनिक बिदा हुने भएको छ। भोलि मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो।
यसै पर्वको अवसरमा सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार पनि बन्द रहेछन् । अब शेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।
सोहिदिनलाई किरात समुदायले उधौली पर्व मनाउँदै आइरहेका छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्