काठमाडौँ । प्रभु बैंक प्रकरणमा पक्राउ परेका हरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप गरेको हो ।
शेरचनसहितका आरोपी मंसिर १४ गते आइतबार पक्राउ परेका थिए । यसअघि उनीहरुमाथि ५ दिन म्याद थप भएको थियो ।
त्यस्तै गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यमाथि पनि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरिएको छ। उनी १७ गते पक्राउ परेका थिए ।
बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ ।
करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्