काठमाडौँ । प्रभु बैंकका सीइओ अशोक शेरचन अस्पताल भर्ना भएका छन् । प्रहरी हिरासतमा रहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।
उनलाई चिरायु अस्पतालमा राखिएको छ । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले शेरचन अस्पताल भर्ना भएको पुष्टी गरे ।
उनलाई प्रहरीले मंसिर १४ गते पक्राउ गरेको थियो ।