काठमाडौँ । केहि समय अघि मात्र नेकपा एमालेमा ‘म झोले’ अभियान चर्चामा थियो । ठुला नेताहरुले ‘म झोले’ भन्दै प्रचारप्रसार गरे । सोहि प्रचारप्रसार गर्ने नेताको गुटबाट एमाले महाधिवेसनमा केन्द्रीय सदस्य पदका लागि चुनाव लडेका नेको इन्स्योरेन्सका सीइओ अशोक खड्काले लज्जास्पद हार व्यहोरे । तर एउटा कम्पनीको सीइओ कसरी एउटा राजनीतिक पार्टीको कार्यकर्ता जसरी चुनाव लड्न मिल्छ ? भन्ने बहस सुरु भएको छ ।
‘एमालेको झोले’ बीमा कम्पनीको सीइओ बन्न सक्छ ?
नेपालको प्रचलित कानुनले एमालेको कार्यकर्ता कुनै पनि बीमा कम्पनीको सीइओ बन्न नपाइने भनेको छैन । तर जानकारहरु यसलाई इथिकल प्रश्न भन्छन् । जनताको लगानी रहेको एउटा पब्लिक कम्पनीमा त्यसरी राजनीति नै गर्ने व्यक्तिको नेतृत्व हुनु पूर्ण रुपमा गलत भएको दाबी जानकारहरुको छ । अन्य कम्पनीका सीइओहरु पनि कुनै पनि बीमा कम्पनीको सीइओले सक्रिय राजनीति गर्न नहुने बताउँछन् ।
तर, खड्का कहिले आफ्नो फेसबुक ह्याक भएको हो भन्दै कतै एमालेको प्रचार गरेको छैन भन्ने आशय प्रकट गर्छन् त कहिले कम्पनीको काम नै छाडेर एमालेको महाधिवेसनमा देखिन्छन् । चुनाव हारिसकेपछि भने उनी अव कम्पनीको काममा सक्रिय हुन्छु भन्दै हिँडेका छन् उनी । अव प्रश्न उठ्छ- ‘के नेको इन्स्योरेन्समा पार्ट टाइम राखिएको हो र सीइओ ? राजनीतिबाट फुर्सद मिलेका बेला मात्र काम गर्ने हो त ? होइन भने के यो मनपरी भएन’
यता बीमा प्राधिकरणले उनलाई छुन नसक्नुको कारण बीमा प्राधिकरणमै एमालेका झोलेहरु हुनु भएको स्वयम् प्राधिकरणका अन्य सिनियर कर्मचारीहरु बताउँछन् । यस विषयमा खड्कालाई सोध्न खोज्दा उनी निरन्तर प्रश्नबाट भागिरहेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्