Skip to content

सन् नेपाल लाइफ इन्स्युरेन्सका सीईओ पक्राउ

nmb bank inside

काठमाडौँ । सन् नेपाल लाइफ इन्स्युरेन्सका सीईओ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सीईओ राजकुमार अर्याललाई सोमबार पुतलीसडकबाट पक्राउ गरेको हो ।

कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि अर्याललाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ  ।

नियामक नेपाल धितोपत्र बोर्डले अर्यालले कर्मचारीको सेयर बाँडफाँटमा किर्ते गरेको विषयमा प्रारम्भिक अध्ययन गरी सीआईबीमा अनुसन्धान प्रतिवेदन पठाएको थियो । सोहि प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्