Skip to content

बुधबार ४५.१२ अंकले बढ्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ ।आज नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा रिलायन्स स्पिनिङ्ग मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सार्की लागेको छ ।

यता, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्