Skip to content

सुनको मूल्य तीन हजार एक सय रुपैयाँले बढ्यो

nmb bank inside

काठमाडौँ । सुनको मूल्य बढेको छ। नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तीन हजार एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि आज बढेको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्