काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ बिन्दुमा कायम भएको छ।
आज दिनभरिमा ३४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड रुपैयााको शेयर कारोबार भएको छ ।
नेप्सेमा कुल आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै कारोबार होटेल फरेस्ट इन लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, दोल्ती पावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्