Skip to content

सोमबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी संगै आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छ।

कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चांदी प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्