Skip to content

धोविखोलामा सडक मिचेर बनाइएको सात तले घरमा लगाइयो डोजर

nmb bank inside

काठमाडौं। काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित सडक किनारा मिचेर बनाइएको धोविखोला देवीनगरस्थित सात तले घरमा डोजर लगाएको छ । नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आईतवार उक्त घरमा डोजर लगाएको हो ।

महानगरले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा धोविखोलामा नदी किनारमा नदी र सडक मापदण्ड मिचेर निर्माण गरेका संरचनामा डोजर लगाउन शुरु गरेको थियो । सोही क्रममा देवीनगरमा रहेका सात तल्ले पक्की घरमा डोजर लगाइएको हो ।

यसअघि महानगरले शंखमुलस्थित नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाएको थियो । महानगरले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै त्यस्ता अवैध संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो । शहरको सौन्दर्यीकरण कायम गर्न, फुटपाथ व्यवस्थापन गर्न र सार्वजनिक सम्पतीको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको महानगरले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्