Skip to content

बिहिबार ६.९४ अंकले बढ्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ।आज सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३३४ कम्पनीको ६६ लाख ८४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आजको बजारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्