Skip to content

बुधबार २.६६ अंकले बढ्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्