Skip to content

आइतबार १.४६ अंकले घट्यो नेप्से परिसूचक, कारोबार ४ अर्ब ४४ करोड

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य  घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १. ४६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ ।

आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५३ कम्पनीको ८१ लाख ३८ हजार ४३३ कित्ता शेयर किनिबेच हुँदा ४ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबिबिएल डिबेञ्चरको २८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्