काठमाडौँ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६.५४ अंकले घटेर २,६३२ विन्दुमा कायम भएको हो। आज दिनभर ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ ।
आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला, याम्बालिङ हाइड्रो र स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ८३ प्रतिशतका दरले गुमाएका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्