काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं शेयर लगानीकर्ता हरि ढकालले शेयर कारोबार गर्दा ब्रोकरले लगानीकर्ताबाट १ प्रतिशत कर लिने कुरा हल्ला मात्र रहेको स्पष्ट पारेका छन् । ढकालले फेसबुकमार्फत उक्त विषय सत्य नभएर हल्ला मात्र भएको स्पष्ट पारेका हुन्।
उनले लेखेका छन् , ‘पछिल्लो समय शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने भनेर व्यापक बहस भइरहेको देखिएको छ। तर, एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ– लगानीकर्ताले टीएमएस/नेप्सेमार्फत दोस्रो बजारमा शेयर कारोबार गर्दा ब्रोकरले १ प्रतिशत कर वा शुल्क लिने होइन। दोस्रो बजारमा कारोबार गर्दा लाग्ने अन्तिम कर भनेको पुँजीगत लाभकर ७.५ प्रतिशत वा १० प्रतिशत नै हो।’
ढकालले लेखेका छन् :
सेयर हस्तान्तरण शुल्कबारे सबैले बुझ्नुपर्ने कुरा:
TMS/NEPSE मार्फत दैनिक हुने नियमित शेयर किनबेचमा १% शुल्क लाग्दैन।
१% शुल्क भने रु. २५ लाख वा सोभन्दा बढी मूल्यको शेयर अफ–मार्केट (Off-Market Transfer) अर्थात् कम्पनीमा सिधै नामसारी हुने निश्चित प्रकृतिका कारोबारमा मात्र लाग्ने व्यवस्था हो।
त्यसैले TMS मार्फत नियमित कारोबार गर्ने लगानीकर्ताले १% अतिरिक्त शुल्क तिर्नुपर्छ भन्ने कुरा सही होइन।
नियमित कारोबार (On-Market):
TMS मार्फत हुने दैनिक कारोबारमा पहिलेकै व्यवस्था अनुसार ब्रोकर कमिसन, SEBON शुल्क, DP शुल्क र पूँजीगत लाभकर (CGT) मात्र लाग्छ। यसमा कुनै नयाँ १% शुल्क थपिएको छैन।
अफ–मार्केट कारोबार (Off-Market):
यो व्यवस्था धितोपत्र बोर्ड वा नेपाल सरकारको नीति अनुसार बकसपत्र, मृत्युपछिको नामसारी, कम्पनीको आन्तरिक ठूलो शेयर स्थानान्तरण लगायतका सिधै CDSC मार्फत हुने नामसारीमा मात्र लागू हुन्छ।
यस सम्बन्धमा अहिले फैलाइएको होहल्लाले लगानीकर्तामा अनावश्यक अन्योल र डर सिर्जना गरेको छ। हल्लाको पछि नलागौँ, आधिकारिक जानकारीका आधारमा सत्य र यथार्थ बुझेर मात्र निष्कर्ष निकालौँ।
त्यस्तै , ढकालले लगानीकर्ताहरुलाई संयमित भएर कारोबार गर्न र तथ्यमा मात्र विश्वास गर्न पनि आग्रह गरेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्