काठमाडौं । नेपालमै टायल उत्पादन गर्दै आएको नेपोभिट ब्राण्डको उत्पादक कम्पनीले सर्वसाधारणसँग प्रत्यक्ष रुपमा जोडिने लक्ष्यसहित आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आफ्ना औद्योगिक संरचना तथा उत्पादन क्षमतासमेत सार्वजनिक गर्दै आगामी दिनमा पूँजी बजारमार्फत विस्तारको योजना अघि बढाएको हो ।
कम्पनीका अनुसार ‘जनतासँग जोडिने’ दीर्घकालीन रणनीति अन्तर्गत आइपीओमा जाने निर्णय गरिएको हो । यसमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउँदै पारदर्शिता र लगानीको अवसर विस्तार गर्ने उद्देश्य राखिएको छ ।
नेपोभिट ब्राण्डअन्तर्गत टायल उत्पादन गर्दै आएको कम्पनीले हाल अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्रीमार्फत उत्पादन गरिरहेको छ । नेपालमै टायल उद्योगले पछिल्लो समय उल्लेख्य वृद्धि हासिल गरेको छ र केही कम्पनीहरूले अर्बौं रुपैयाँको कारोबार गर्न सफल भएका छन् ।
कम्पनीले उत्पादन क्षमतामा विस्तार, गुणस्तर सुधार तथा आयात प्रतिस्थापनलाई प्राथमिकतामा राख्दै बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने रणनीति लिएको जनाएको छ । आइपीओ निष्कासनपछि प्राप्त पूँजी उत्पादन विस्तार र प्रविधि उन्नयनमा खर्च गरिने कम्पनी स्रोतले जनाएको छ।
नेपालको उत्पादनमूलक क्षेत्रमा स्वदेशी लगानी बढाउने र आम नागरिकलाई उद्योगसँग जोड्ने उद्देश्यले कम्पनीको यो कदमलाई अर्थतन्त्रका लागि सकारात्मक रूपमा हेरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्