काठमाडौँ । दक्षिण कोरियामा अध्ययनरत विदेशी विद्यार्थीहरूका लागि खुसिको खबर आएको छ । दक्षिण कोरियाले त्यहा अध्ययनरत विदेशी विद्यार्थीहरूका लागी आफ्ना आमाबुबालाई कामका लागि कोरिया बोलाउन मिल्ने व्यवस्था लागू गरेको हो ।
अब विद्यार्थी भिसामा रहेका विद्यार्थीहरूले आफ्ना आमाबुबालाई मौसमी कामदार (Seasonal Worker) का रूपमा कोरिया बोलाउन सक्ने भएका छन्।
कोरियाको अध्यागमन विभागले हालै ल्याएको नयाँ प्रावधानअनुसार, निश्चि त मापदण्ड पूरा गरेका विद्यार्थीका आमाबुबालाई कामका लागि कोरिया प्रवेश अनुमति दिइनेछ। यस व्यवस्थाले विशेषगरी कोरियामा रहेका नेपाली विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
नयाँ नियमअनुसार, आमाबुबाको उमेर ५५ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ। साथै, उनीहरूको स्वास्थ्य अवस्था राम्रो हुनुका साथै कुनै आपराधिक अभिलेख नभएको र विगतमा कोरिया प्रवेशमा प्रतिबन्ध नलागेको हुनुपर्ने प्रावधान राखिएको छ। यो प्रक्रिया विद्यार्थी अध्ययनरत विश्वविद्यालयसँगको समन्वयमा मात्रै अघि बढाइने जनाइएको छ।
आवेदन प्रक्रिया स्थानीय सरकारमार्फत सञ्चालन हुनेछ। इच्छुक विद्यार्थीहरूले आफ्ना आमाबुबालाई मौसमी कामदारका रूपमा बोलाउन सम्बन्धित स्थानीय निकायमा आवेदन दिनुपर्नेछ। त्यसपछि स्थानीय सरकारले रोजगारदातासँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेछ। अध्यागमन विभागका अनुसार आमाबुबालाई विद्यार्थी अध्ययन गरिरहेको क्षेत्रमै काम गर्ने अनुमति दिइनेछ, जसले परिवारसँग बस्न सहज बनाउनेछ।
यो व्यवस्थासँगै कोरियामा रहेका विदेशी विद्यार्थी, विशेषगरी नेपाली विद्यार्थीहरूले आफ्नो परिवारलाई कानुनी रूपमा सँगै राख्दै आम्दानीको अवसर सिर्जना गर्न सक्नेछन्। यसलाई आर्थिक तथा सामाजिक रूपमा सकारात्मक कदमका रूपमा हेरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्