Skip to content

मंगलबार घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

nmb bank inside

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा पुगेको हो ।

यस दिन  नेप्सेमा कुल ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्