काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ को विन्दुमा बन्द भएको हो।
आज नेप्सेमा कुल ३५० कम्पनीको १ करोड ६७ हजार ७३२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.६० प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक ०.५० प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १२२ कम्पनीको शेयरभाउ बढ्दा १४३ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्