Skip to content

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: एनआईएमबीका शीर्ष अधिकारीविरुद्ध ठगी, संगठित अपराध र बैंकिङ कसुरमा मुद्दा

nmb bank inside

काठमाडौँ। सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिको कथित गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष तथा सञ्चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध तथा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि दायर गरेको अभियोगपत्रमा, बैंककै मिलेमतोमा सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेलको सम्पत्ति एनसेललाई फाइदा पुग्ने गरी लिलामी गरिएको आरोप उल्लेख गरिएको छ।

अनुसन्धानका क्रममा कास्कीको हेम्जास्थित कार्यालयमा कनिष्ठ सहायक पदमा कार्यरत संगित कतिलाको समेत बयान लिइएको प्रहरीले जनाएको छ। बयानका क्रममा कतिलाले उक्त प्रकरणबारे आफूलाई कुनै जानकारी नभएको र सञ्चारमाध्यममा समाचार आएपछि मात्र जानकारी पाएको बताएका छन्।उनले दिएको बयान तल हेर्नुहोस् :

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्