काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीले बैंकिङ क्षेत्रसमेत प्रभावित बनेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार विभिन्न वाणिज्य बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।
एसोसिएसनका सीईओ अनिल शर्माले टिमुरे र स्याफ्रुबेँसी आसपासका शाखाहरूमा ठूलो क्षति पुगेको जानकारी दिँदै ती क्षेत्रमा सञ्चार अवरुद्ध हुँदा कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको बताए। बाढीले बैंकका संरचनामा गम्भीर क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ।
प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका शाखाहरू प्रभावित भएको जनाइएको छ। यद्यपि, सोही क्षेत्रमा रहेका विकास बैंकहरू भने सुरक्षित रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ।
शर्माका अनुसार हाल प्राथमिकता सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे जानकारी लिनु रहेको छ। सञ्चार सेवा अवरुद्ध हुनु र प्रभावित क्षेत्रमा पुग्न कठिनाइ हुँदा विस्तृत क्षति विवरण संकलन गर्न समय लाग्ने बताइएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्