काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १८.०७ अंकले बढेर २,५६० को विन्दुमा कायम भएको हो।
आज १९५ कम्पनीको शेयर मूल्य बढ्दा ७९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५२ कम्पनीको ९२ लाख ९८ हजार ९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, आज सबैभन्दा धेरै इमर्जिङ नेपाल र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।.
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्