Skip to content

स्मार्ट सेल प्रकरण: एनआईएमबीका कर्जा विभाग प्रमुख प्रमोद आचार्यको बयान, शीर्ष अधिकारीविरुद्ध मुद्दा कायम

nmb bank inside

काठमाडौँ। सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिको कथित गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रधान कार्यालयस्थित कर्जा विभागका प्रमुख तथा सिनियर म्यानेजर प्रमोद आचार्यको पनि प्रहरीले बयान लिएको छ।

उक्त प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष तथा सञ्चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध तथा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर भइसकेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि दायर गरेको अभियोगपत्रमा, बैंककै मिलेमतोमा सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेलको सम्पत्ति एनसेललाई फाइदा पुग्ने गरी लिलामी गरिएको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा प्रहरीले सम्बन्धित अधिकारी तथा कर्मचारीसँग बयान लिने क्रम जारी राखेको छ। सोही क्रममा कर्जा विभाग प्रमुख आचार्यको समेत बयान लिइएको प्रहरी स्रोतले जनाएको छ।उनले दिएको बयान तल हेर्नुहोस् :

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्