Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको हो ।

योसंगै आज सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला  ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,  आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्