काठमाडौँ। सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिको कथित गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समितिका सदस्य शालिकराम बेलबासेले पनि बयान दिएका छन्।
प्रहरीले सो प्रकरणमा बयान मागेपछि उनले आफ्नो भनाइ प्रस्तुत गरेका हुन्। यसअघि नै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष तथा अन्य सञ्चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध तथा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर भइसकेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि दायर गरेको अभियोगपत्रमा, बैंककै मिलेमतोमा सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेलको सम्पत्ति एनसेललाई फाइदा पुग्ने गरी लिलामी गरिएको आरोप लगाइएको छ।
अनुसन्धानका क्रममा प्रहरीले सम्बन्धित पदाधिकारी तथा कर्मचारीसँग बयान लिने क्रम जारी राखेको छ। सोही क्रममा सञ्चालक समितिका सदस्य बेलबासेको समेत बयान लिइएको प्रहरी स्रोतले जनाएको छ।उनले दिएको बयान तल हेर्नुहोस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्