Skip to content
nabil bank inside

प्रभु बैंकका उच्च पदस्त कर्मचारी पक्राउ परेपछि रेनु प्रसाद पाण्डे पनि सम्पर्कविहीन, फोन लगातार अफ, आएका छैनन् कार्यालय !

nmb bank inside

काठमाडौँ । प्रभु बैंकका तत्कालीन क्रेडिट हेड (हालका चिफ अडिट अफिसर) रेनु प्रसाद पाण्डे सम्पर्कविहीन भएका छन् । सीआईबीले पक्राउ गर्ने डरले उनी आइतबार बेलुकीदेखि नै सम्पर्कविहीन भएका हुन् ।

बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुआर उनी सो दिन पनि प्रहरी तल्लो तल्लामा हुँदा माथिल्लो तल्लामा गएर लुकेका थिए । अबेर गरी घर गएका उनको त्यसपछि फोन अफ छ ।

बैंकका ती उच्च अधिकारीले पाण्डे कार्यालय नआएको पुष्टी गरे । ‘रेनु सर त्यहि दिन देखि कार्यालय आउनुभएको छैन । सम्पर्कमा पनि हुनुहुन्न ।’ ती अधिकारीले भने ।

अर्थ खबरले यो समाचार तयार गर्दासमेत उनलाई सम्पर्क गरेको थियो । तर उनको फोन यतिबेला पनि अफ छ ।

उनी बैंकका तत्कालीन क्रेडीट अफिसर हुन् । सीआईबीले अनुसन्धानका लागि लगेका थुप्रै फाइलमा उनकै हस्ताक्षर छ । सोहि कारण उनी पक्राउ पर्ने डरले सम्पर्कबाहिर बसेको हुनसक्ने बैंकका अधिकारीहरु बताउँछन् ।

प्रभु बैंकका सीइओसहित ३ कर्मचारीलाई अनुसन्धानका लागि ५ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्