Skip to content

नक्साल शाखाकी असिस्टेन्ट एलिशा अधिकारीको बयान, ‘प्रतिवादीसँग चिनजान छैन’

nmb bank inside

काठमाडौँ। सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिको कथित गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष तथा सञ्चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध तथा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि दायर गरेको अभियोगपत्रमा, बैंककै मिलेमतोमा सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेलको सम्पत्ति एनसेललाई फाइदा पुग्ने गरी लिलामी गरिएको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा नक्साल–नारायणचौर शाखामा कार्यरत ३२ वर्षीया असिस्टेन्ट एलिशा अधिकारीको समेत बयान लिइएको प्रहरीले जनाएको छ। बयानका क्रममा उनले उक्त प्रकरणमा संलग्न प्रतिवादीहरूसँग आफ्नो कुनै चिनजान नरहेको उल्लेख गरेकी छन्।

प्रहरीले यस प्रकरणमा एलिशा अधिकारीसहित सम्बन्धित व्यक्तिहरूसँग थप बयान तथा अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।उनले दिएको बयान तल हेर्नुहोस् :

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्