काठमाडौँ। स्मार्ट टेलिकमलाई प्रवाह गरिएको ऋण प्रकरणमा प्रहरीले प्राइम कमर्सियल बैंकका सहायक प्रबन्धक अनुज मानन्धरको बयान लिएको छ। बयानका क्रममा मानन्धरले आफू २०११ सालदेखि बैंकको कर्जा शाखामा कनिष्ठ अधिकृतका रूपमा कार्यरत रहँदै हाल सहायक प्रबन्धकको जिम्मेवारी सम्हालिरहेको बताएका छन्।
यसैबीच, सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिको कथित गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष तथा सञ्चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध तथा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि दायर गरेको अभियोगपत्रमा, बैंककै मिलेमतोमा सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेलको सम्पत्ति एनसेललाई फाइदा पुग्ने गरी लिलामी गरिएको आरोप उल्लेख गरिएको छ।
अनुसन्धानका क्रममा प्राइम कमर्सियल बैंकका कर्मचारी अनुज मानन्धरको समेत बयान लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यस प्रकरणमा सम्बन्धित व्यक्ति तथा संस्थामाथि थप अनुसन्धान जारी रहेको छ।उनले दिएको बयान तल हेर्नुहोस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्