Skip to content

स्मार्ट सेल प्रकरण: प्राइम कमर्शियल बैंकका कामु महाप्रबन्धक नेपाल भुषण श्रेष्ठको बयान

nmb bank inside

काठमाडौँ । स्मार्ट टेलिकमसम्बन्धी ऋण तथा सम्पत्ति लिलामी प्रकरणमा प्राइम कमर्शियल बैंकका कमलपोखरीस्थित कार्यालयमा कायम मुकायम महाप्रबन्धक (कामु महाप्रबन्धक) का रूपमा कार्यरत नेपाल भुषण श्रेष्ठले बयान दिएका छन्। उनी हाल बैंकको कर्जा विभाग प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।

प्रहरीले उक्त प्रकरणमा श्रेष्ठसँग पनि बयान लिएको जनाएको छ। अनुसन्धानका क्रममा बैंकसँग सम्बन्धित विभिन्न अधिकारी तथा कर्मचारीसँग सोधपुछ भइरहेको स्रोतले जनाएको छ।

यसैबीच, सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिको कथित गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष तथा सञ्चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध तथा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर भइसकेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि दायर गरेको अभियोगपत्रमा, बैंककै मिलेमतोमा सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेलको सम्पत्ति एनसेललाई फाइदा पुग्ने गरी लिलामी गरिएको आरोप लगाइएको छ।

यस प्रकरणमा सम्बन्धित व्यक्ति तथा संस्थामाथि थप अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।उनले दिएको बयान तल हेर्नुहोस् :

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्