Skip to content

फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत

nmb bank inside

फूलपाती बढाइँ समारोहको प्रधान सेनापतिद्वारा अन्तिम निरीक्षण, उत्कृष्ट युनिट तथा सैनिकहरू पुरस्कृत

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं २०८३ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने परम्परागत फूलपाती बढाइँ समारोहको तयारी पूरा भएको छ । आगामी आश्विन ३१ गते आयोजना हुने उक्त समारोहको प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज अन्तिम निरीक्षण गरेका हुन् । 

सैनिक मञ्चमा नेपाली सेनाद्वारा शान्ति र समृद्धिको कामनासहित प्रस्तुत गरिने विविध सैनिक कला, कवाज तथा बढाइँ कवाजको प्रधान सेनापतिले सूक्ष्म निरीक्षण गरेका हुन् । 

निरीक्षणपश्चात् आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति सिग्देलले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित विभिन्न पेसागत प्रतियोगिताहरूमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने फर्मेशन तथा युनिटहरूलाई पुरस्कार तथा कदरपत्र प्रदान गरे । 

यसैगरी, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरिएको छ । साथै, मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानी दर्जामा पदोन्नति हुनुभएका सुबेदार तथा प्राविधिक सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुका साथै प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सकलदर्जालाई ‘प्रकृति संरक्षण पदक’द्वारा सुशोभित गरिएको नेपाली सेनाले जनाएको छ ।

उक्त अन्तिम निरीक्षण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, सकलदर्जा, उनीहरूका परिवारजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्