Skip to content

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी

nmb bank inside

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको छ ।

गत आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गमार्फत निरन्तर परिचालित भइरहेको छ ।

नेपाली सेनाको एमआई–१७ हेलिकप्टर र स्थल मार्गबाट खटिएको टोलीले आज (बिहीबार) विभिन्न प्रभावित इलाकाहरूबाट उद्धार कार्य जारी राखेको हो। सेनाका अनुसार बाढी प्रभावित क्षेत्रहरू फिलिम, छेकम्पार तथा आरुघाट लगायतका इलाकाहरूबाट ११ जना विदेशी नागरिकसहित ७६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

यसैगरी, बाढीका कारण सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम बस्तीहरूमा खाद्यान्न अभाव हुन नदिन राहत सामग्री ढुवानीलाई पनि तीव्रता दिइएको छ । सेनाको हेलिकप्टरमार्फत प्रभावित विभिन्न स्थानहरूमा करिब ३ हजार ९ सय ६० किलोग्राम खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रमा नेपाली सेनाले स्थानीय प्रशासन र अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी उद्धार तथा राहत वितरण कार्यलाई निरन्तरता दिइरहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्