काठमाडौँ । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले बैंकका ४ सिनियर हाकिमहरुको नाम नै किटेर ‘यु बास्टर्ड किल्ड मी’ लेखेर आत्महत्या गरे । विज्ञापनको आडमा सो खबर कसैले लेख्न आँट नगरेका बेला अर्थ खबरले सो खबर पहिलोपटक ब्रेक गरेको थियो । त्यसपछि यो केस एक कान दुई कान हुँदै मैदान भयो । तर यस्तो संवेदनशील केसमा कोहि पनि पक्राउ परेनन् । उल्टै बैंकभित्रैबाट केस मिलिसकेको चर्चा बाहिरियो ।
बैंकका कर्मचारीले अनामिका सिंहले केस मिलिसकेको दाबी गरेको बताए । ‘यो केसमा कोहि चुईइक्क बोल्यो भने त्यसलाई बैंकबाट निकाल्ने धम्की बैंकले दिएको छ । एचआर प्रमुख अनामिका सिंहले १ करोड क्यास दिने, झन्डै करोड हाराहारीको होम लोन मिनाहा गर्ने, र मृतककी श्रीमतीलाई ब्रान्च मेनेजरसरहको जागिर दिएर योस मिलिसकेको दाबी अनामिका मेडमको छ ।’ बैंक स्रोतले भन्यो, ‘तर यो अफर बैंकको हो । मृतक परिवारभित्र पैसा लिने कि नलिने भन्ने विषयमा विवाद भएको बुझिएको छ । यद्यपी यो विषयमा नबोल्ने कुरामा परिवार कन्भिन्स भईसकेको ब्रिफिङ बैंकभित्र छ ।’
सीइओसहितको फोटो राखी ‘तिमीहरुले मलाई मार्यौ’ लेखेर ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या !
यसो त हाल मृतकका आफन्त मिडियासँग नबोल्ने बताईरहेका छन् । छानविन भईरहेको भन्दै मृतकको परिवार बोल्न मानिरहेको छैन । यद्यपी, यस्तो केसमा ४ जनालाई पक्राउ नगरी थप अनुसन्धान अघि नबढ्ने हुनाले केहि औपचारिकता बाहेक खासै अनुसन्धान अघि बढेको छैन । भलै, प्रहरीले भने केसको अनुसन्धान अघि बढिसकेको बताएको छ ।
यसअघि कुमारी बैंकमा पनि यस्तै केस घटेको थियो । सो केसमा पनि बैंकले मृतककी श्रीमतीलाई जागिर दिएर केस मिलाएको थियो । जवकि यसरी जागिर दिन कर्मचारी विनियमावलीले रोक लगाएको छ भने क्षतिपूर्तिबापत दिने करोडौं रुपैयाँ पनि सेयरधनीको भाग खोसेर दिइने हुनाले साधारणसभामा यसको विरोध हुने सम्भावना बढी देखिन्छ ।
ग्लोबल आईएमई बैंकको केसमा कोहि पनि पक्राउ नपर्नु, उल्टै केस मिलिसकेको हल्ला चल्नु, अनुसन्धान प्रक्रियामा पक्राउ महत्वपूर्ण पाटो हुँदा पनि त्यसो नगरिनु, लगायतले घटनाको निष्पक्ष छानविन हुनेमा बैंकरहरुले आशंका गरेका छन् । यस्तो गम्भीर केसमा पनि बैंकले केस मिलाउने र छानविन गर्नेले किटानी गरिएका व्यक्तिहरुलाई पक्राउ नगर्ने हो भने अरुले पनि भोलि गलत बाटो रोज्न सक्नेतर्फ ध्यान दिनुपर्ने बैंकरहरु बताउँछन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्