Skip to content

मंगलबार १.५४ अंकले घट्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक १.५४ अंक घटेर २७३३.५९ विन्दुमा झरेको हो।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आज ३५७ कम्पनीको  ६३ हजार ७३२ पटकको कारोबारमा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँबराबरको १ करोड २३ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सबैभन्दा धेरै कारोबार अग्रिकल्चर बोन्ड (८ वर्ष) को भएको छ । यस कम्पनीको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

 

 

 

 

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्