काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मिति २०८३ बैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशल्क आँखा शिविरमा मोतियाविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएका ११ जनामध्ये नौ जनाको गेटा आँखा अस्पताल डडेलधुरामा हालै शल्यक्रिया गरिएको हो ।
शल्यक्रियाका लागि ११ जनालाई नै अस्पताल लगिए पनि दुई जनाको भने स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्न सम्भव भएन । यसअघिका दुई वटै शिविरमा गरी सात सय जना भन्दा बढीको निःशुल्क आँखा परीक्षण गर्नुका साथै ४८७ जनालाई चश्मा र ६०० जनालाई औषधी वितरण गरिएको थियो ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले आगामी दिनमा पनि सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्