Skip to content

अपरेशन एक्सट्रिम-१ : ‘एक्सट्रिम’ र ‘म्याक्स टाइगर’का नाममा मन्द विषको व्यापार, इनर्जी कम, एलर्जी अपार !

nmb bank inside

काठमाडौँ । देशमा केहि समय यता एउटा ‘झुटको खेती’को व्यापार चलिरहेको छ । किराना पसलदेखि, लोकल भट्टीसम्म, डान्स बारदेखि दारुका दोकानहरुसम्म । बेचिराखिएको छ एउटा कथित इनर्जी ड्रिङ्क, जसले शरीरमा इनर्जी कम, एलर्जी बढी दिन्छ ।

हो, यो कहानी सिरिज सुरु हुन्छ, एक्सट्रिम एनर्जी ड्रिङ्कका नाममा देशभर भईरहेको अखाध्य झोलको तीतो यथार्थबाट ।

तथ्यको उजागर सुरु गरौँ एउटा नीलो बट्टामा पोतिएको पहेंलो रङ मिसाएर लेखिएको ‘एक्सट्रिम एनर्जी ड्रिङ्क’ शब्दबाट । के बजारमा एनर्जी ड्रिंक भनेर बिक्री भईरहेको एक्सट्रिम वास्तवमै एनर्जी ड्रिङ्क हो त ?

यसको सहज जवाफ हो- ‘होइन ।’ यो झोलले कुनै दिगो ताकत दिँदैन । न यो शरीरका लागि खान योग्य छ, न यसले तपाईंलाई फाइदा गर्छ ।

त्यसो भए किन भनियो त एक्सट्रिमलाई एनर्जी ड्रिंक ? कतिपयले यो ड्रिङ्क पिउनेबित्तिकै शरीरमा केहि जोस आएको महसुस गर्छन्, किन त ?

यसको सिधा जवाफ छ, यसमा प्रयोग भएको अत्याधिक चिनी । चिनीले शरीरलाई तत्कालका लागि उर्जा दिन्छ । तर शरीरलाई सबैभन्दा घातक पनि त्यहि चिनी छ । एक्सट्रिममा भएको अत्याधिक चिनीले तपाईंको शरीरमा केहि समय उर्जा दिए जस्तो हुन्छ, तर त्यसले तपाईंलाई दीर्घकालमा ठूलो असर गर्छ । इनर्जी ड्रिङ्कमा रहेको क्याफिन र टउरिनले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ, जसले सेवनकर्तालाई स्फूर्त महसुस गराउँछ । इनर्जीका लागि एक्सट्रिम खानु भनेको, शारीरिक क्रिडा गर्दा बिग्रिएको भियाग्रा खाएजस्तै हो ।

अमेरिकी सरकारी संस्था नेशनल लाइब्रेरी अफ मेडिसिनले प्रकाशन गरेको एक लेखमा एनर्जी ड्रिङ्कका नाममा बेचिने यस्तै झोलहरुको अँध्यारो पाटो समेटिएको छ, जसले खुलासा गरेको छ, यस्ता झोलहरुले मानव स्वास्थमा गम्भीर असर गर्न सक्छ ।

विश्वप्रख्यात हार्वार्ड मेडिकल स्कुलको एउटा आर्टिकलमा पनि एनर्जी ड्रिङ्क्सले तपाईंको मुटु कुन हदसम्म बिगार्छ भन्ने तथ्यको उजागर गरेको छ । एनर्जी ड्रिङ्क्समा हुने तत्वहरुले मानिसको स्वास्थमा कसरी असर गर्छ भन्ने तथ्य पनि हावार्डले उजागर गरेको छ ।

डाक्टर प्रतीम सेगुप्ताले आफ्नो लेखमा एनर्जी ड्रिङ्क्सले तपाईंको किड्नी कसरी हान्छ, र यो कति खतरनाक छ भन्ने लेखेकी छिन् ।

विश्व प्रख्यात भेरीवेल हेल्थले त झन् इनर्जी ड्रिङ्कले तपाईंको ब्लड प्रेसरमा समेत कसरी असर गर्छ र यस्ता ड्रिङ्क किन पिउनु हुँदैन भनेर समेत उल्लेख गरेको छ । मेडिकल न्युज टुडेमा प्रकाशित लेखअनुसार एनर्जी ड्रिंक्समा प्राकृतिक तत्व खासै हुँदैन । यसमा हुने सिन्थेटिक तत्वहरुले शरीरलाई नै अलमल पार्छ ।

यस्ता थुप्रै लेख रचना इन्टरनेटमा भेटिन्छन् । त्यसमध्ये कुनै लेखमा पनि यस्ता एनर्जी ड्रिङ्क स्वास्थलाई फाइदाजनक छ भनी उल्लेख गरिएको छैन । बरु उर्जाका नाममा तपाईंको शरीर खोक्रो पार्ने काम यस्ता अखाध्य झोलहरुले गर्छन् भन्ने एकमत छ अधिकांश डाक्टरहरुको ।

अव बुझौँ किन घातक छ एक्सट्रिम र एक्सट्रिमजस्ता एनर्जी ड्रिंक
डाक्टरहरुका अनुसार यस्ता अखाध्य झोलहौर्ले रक्तचाप बढाउँछ । एनर्जी ड्रिंकमा क्याफिनको मात्रा धेरै हुने र अत्याधिक चिनी हुने हुनाले यसले रक्तचाप र मुटुको धड्कन बढ्न सक्छ ।
एक्सट्रिमजस्ता इनर्जी ड्रिङ्कको अत्याधिक सेवनले तपाईंलाई अनिन्द्राको समस्या ल्याउन सक्छ । एक्सट्रिम एनर्जी ड्रिंक खाएको दिन निन्द्रा कम लागेको तथ्य स्वयम् यसका प्रयोगकर्ताहरुले पुष्टी गरेका छन् ।

एक्सट्रिमजस्ता अखाद्य खोलको सेवन गर्दा मुटुको धड्कन असामान्य हुने समस्या हुन्छ । यसको अत्याधिक प्रयोगले छाती दुख्ने जस्ता समस्या देखिन सक्छन् । चिनीको मात्रा धेरै हुने हुनाले एक्सट्रिमले तपाईंलाई अत्याधिक मोटो बनाउँछ । मधुमेह र दाँतसम्बन्धी समस्या त यस्ले निम्त्याउँछ नै ।

एक्सट्रिमजस्ता एनर्जी ड्रिङ्क नामका अखाध्य झोलहरुले मानिसमा आत्तिने, तनाव महसुस हुने र चिडचिडापन बढ्न सक्ने समस्या निम्तिन सक्छ । लत बस्यो भने यो एक्सट्रिम नखाँदा टाउको दुख्ने, थकान हुनेजस्ता लक्षण देखिन सक्छन् । कलेजो र मिर्गौला त यसले नमज्जासँग बिगार्छ । किशोरकिशोरी र गर्भवति महिलाले त झन् एक्सट्रिम छुनु पनि गलत हो । अव यति धेरिया समस्या हुने भए पछि यो बिक्री कसरी, के नियतले भईरहेको छ ? न कुनै फाइदा, बरु अनिगिन्ती घाटा, अनि किन नभन्ने यस्ता इनर्जी ड्रिङ्कलाई सधैंका लागि टाटा ?

त्यसो भए कतिपयको तर्क हुन सक्छ, नखानेले एक्सट्रिम इनर्जी ड्रिंक नखाए भईहाल्यो नि !
तर, जति सहज छ वाक्य त्यति नै असहज छ, यो एक्सट्रिमले गरेको दिमाग रिङ्गाउने खेल ।
एनर्जी ड्रिंक सबैका लागि होइन । बालबालिकाका लागि त यो बिष बराबर हो । तर यो कम्पनीले यति धेरै विज्ञापन गरिदिएको छ, बालबालिका पढ्न जाने स्कुलको बाटोदेखि, उनीहरुले परिवारसँग हेर्ने टिभीमा हरेक पटक त्यहि एक्सट्रिम छ । र त, नजानिँदो पाराले यो मन्द बिषको व्यापारले बच्चा केटाकेटीको ध्यान तानेको छ । अनि परिणाम, बच्चाहरुले खानै नहुने यो झोलको लतमा बालबालिकासमेत परेका छन् । झट्ट सुन्दा सामान्य भए पनि कतिपय देशमा यस्तो सेन्सेसन अपराध मानिन्छ । एक्सट्रिम इनर्जी ड्रिंकमा कार्बोनेट वाटर ग्लुकोज–फ्रुक्टोज स्यारुप एसिडिटी रेगुलेटर (इ ३३१, इ ३३०) मिसाइएको छ, जसले मधुमेहको जोखिम बढाउँछ । त्यस्तै, एक्सट्रिममा इ १५०डी र ई१०४ रङको प्रयोग गरिएको छ, जसले बालबालिकामा अति चञ्चलता बढाउने काम गर्छ । तर नेपालमा न उमेरको रोक छ, न बेच्नेको ध्यान छ । क्याफिन, टाउरिन, फ्लेवर, प्रिजरभेटिभ लगायत कृत्रिम वस्तुहरूको प्रयोग हुने हुनाले यसले बच्चालाई ठुलो असर गर्छ । तर बोल्ने कसले ? भएको एउटा ज्यान छ, त्यसमा पनि एक्सट्रिमले बिगार्ने सम्भावनाको बढो ठुलो चाङ छ । तर, न सरकार, न उपभोक्ता अधिकारकर्मी कोहि बोलिरहेका छैनन् यो मन्द बिषको व्यापारबारे ।

डाक्टरहरुका अनुसार एक्सट्रिमजस्ता इनर्जी ड्रिंकमा हुने भनेको केमिकल मात्रै हो । अझ प्रष्ट भन्दा चिनी पानीमा केमिकल घोलेर मानिसको स्वास्थ बिगार्न तयार गरिएको एउटा अखाध्य झोल हो एक्सट्रिम ।

त्यसो भए यस्तो घातक एनर्जी ड्रिंक किन निर्वाद बिक्री भईरहेको छ त ?
यसको प्रष्ट कारण छ । एक त यो ड्रिंक उत्पादन गर्ने कम्पनीका मालिक नेपालमा राजनीतिक, प्रशासनिक लगायत हरेक खालको पहुँच राख्ने व्यक्ति हुन् । उनीहरुले मिडियाका सबै प्रिमियम स्पेस किनेका छन्, पालिकाका पोल देखि, इन्फ़ुएन्सरका रोलसम्म किनेका छन् । हरेक दिन फलानो चाउचाउ र फलानो आइसक्रिम खान अयोग्य छ भनेर देखाउने, लेखाउने सरकारी निकायले एक्सट्रिममा छापा पार्दैन । ठाउँ ठाउँमा राजश्व छली गरेर ल्याइएका, र राखिएका एक्सट्रिमको फोहोरी खेलले ती निकायलाई केहि फरक पार्दैन । त्यसैले राज्य नै मुठीमा लिएर निर्वाद बिक्री भईरहेको छ, एक्सट्रिम नामको यो अखाध्य झोल ।

क्रमश:

आगामी अंकमा:
  1. तपाईंका कलिला छोराछोरीहरुले लुकीलुकी पीईरहेका छन् ‘मन्द बिष’, किन बोल्दैन सरकार ?
  2. ठमेलमा यौनकर्मीको डिमाण्ड- ‘सामान मैसँग छ, बियरसँगै एक्सट्रिम नछुटाउनू’
  3.  एक्सट्रिमको विज्ञापनभित्रको कालो धन्दा- करोडौँ राजश्व छली, सरकारको बदनामी गर्ने एजेन्ट एक्सट्रिमका कन्सलटेण्ट !
dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्