Skip to content
nabil bank inside

सडक किनारका अतिक्रमित सामग्री नगरपालिकाले हटायो

nmb bank inside

काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुर मुख्य बजारमा सडक किनारमा घुम्ती, ठेला वा फुटपाथमा राखिएको पसल वा अतिक्रमण गरेर राखेको सामग्रीलाई चन्द्रपुर नगरपालिकाले हटाएको छ ।चन्द्रपुर नगरपालिकाको मुख्य चोकको सडक खण्डको कालोपत्रे सडकमा नै टाँसेर राखेको घुम्ती, ठेला वा फुटपाथका सामन मंगलवार नगरपालिकाको अग्रसरतामा हटाइएको हो ।

पालिकाले बारम्बार सूचना जारीगरी सडक र फुटपाथ खाली गर्न आग्रह गरेपनि कार्यान्वयन नभएपछि नगर प्रमुख सञ्जयकुमार काफ्लेसहितको टोलीले अतिक्रमण हटाउने कार्य सुरु गरिएको वडाअध्यक्ष रवि रानामगरले बताए ।उनका अनुसार बजार क्षेत्र तथा बस बिसौनीको सडकमा फलफुल पसल हुँदा बस, इ–रिक्सा तथा म्याजिक लगायतका सवारी आवतजावतमा कठिनाई भएको हो ।यस अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म, साथै गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत मुख्य चोकदेखि बजारसम्म अतिक्रमण हटाइने उनले जानकारी दिए ।

सडक अतिक्रमण गरेर फुटपाथ व्यापार÷ व्यवासायका कारण सटरका व्यपारी मर्कामा परेका हुन । उद्योग वाणिज्य संघ चन्द्रपुरले फुटपाथमा पसल तथा व्यवसाय बन्द गर्नुपर्ने अडान राख्दै आएको छ ।हाट बजार लागेको दिन वा अन्य दिन फुटपाथमा नै व्यापार व्यवसाय हुने गरेको यहाँका स्थानीयहरु बताउँछन् । सडकमा व्यापार गर्ने ब्यापारीहरुलाई सुरक्षित स्थानमा व्यापार गर्ने वातावरण नगरपालिकाले मिलाउनुपर्ने फुटपाथ व्यवसायीको माग छ ।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख काफ्लेले भने, ‘नगर क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउनु हाम्रो दायित्व हो । सडक सबैको साझा सम्पत्ति हो, यसलाई निजी स्वार्थमा प्रयोग गर्न पाइँदैन । यो अभियानलाई नगरपालिकाले निरन्तर दिन आवश्यक रहेको औल्याइएको छ ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्