ती पीडीत युवतीले आफुले यो विषय बैंकको एचआर विभागमा समेत राखेको तर एचआरले उल्टै तिम्रो सरुवा गरिदिन्छु भनेको भन्दै थप गुनासो गरेकी छिन् । ‘मलाई यहाँ केटाहरुले ह्यार्यास गर्छन्, कहिले छुन्छन्, कहिले र*ण्डी भन्छन् । एचआरलाई भन्दा उल्टै मलाई सरुवा गरिदिन्छु भन्छन् । यसमा मेरो के दोष ? म सुसाइड गर्ने स्थितिमा पुगिसकें, यो पोस्ट सेयर गर्नुहोस्’ उनले मिडियालाई पठाएको गुनासोमा उल्लेख गरेकी छिन् ।
काठमाडौँ । ग्लोबल आईएमई बैंकमा केहि समय अघि मात्र पिताम्बर खड्काले आफुलाई मर्न बाध्य बनाउने ४ जना हाकिमको नाम र फोटो राखेर देह त्याग गरे । उनले ४ जनाको नाम नै किटेर ‘तिमीहरुले मलाई मार्यौ’ भन्ने सन्देशसमेत लेखेर प्राण त्याग गरे । उनको निधनपछि अहिले बैंकका कर्मचारीले भोगिरहेको तनावका बारेमा चौतर्फी चर्चा भईरहेको छ ।
यसैबीच ग्लोबल आईएमई बैंककी एक कर्मचारीले आफु माथि गम्भीर यौन दुर्व्यवहार भईरहेको दाबीसहित आफु पनि प्राणत्यागको स्थितिमा पुगेको भन्दै मिडिया गुहारेकी छिन् । उनले आफुलाई बैंकको एक शाखाका कर्मचारीले अपशब्द बोल्ने गरेको, छुन खोजेको र यस्ता हर्कतले आफु देहत्याग गर्ने मनस्थितिमा पुगेको भन्दै यो खबर पोष्ट गर्न अनुरोध गर्दै हारगुहार गरेकी छिन् । उनले आफु सहकर्मीहरुले गरेको दुर्व्यवहारकै कारण मर्ने स्थितिमा पुगिसकेकोसमेत दाबी गरेकी छिन् ।
यता यस विषयमा बुझ्न हामीले हामीले बैंकका गुनासो सुनुवाई अधिकृत अनिल जोशीलाई यस विषयमा बुझ्न सम्पर्क गर्यौँ, तर उनले हाम्रो फोन नै उठाएनन् ।
हाम्रा चेलीबेटीहरुले कहिलेसम्म यस्तो दुर्व्यवहार भोग्नुपर्ने हो ? के बैंकमा जसले जे गर्दा पनि पाइन्छ ? के कर्मचारी मरिसकेपछि मात्र बैंकको चेत खुल्ने हो ? प्रश्न गम्भीर उठेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्